बंगलादेशकी विपक्षी नेतृ खालिदा रिहा हुँदै | Khabarhub Khabarhub

बंगलादेशकी विपक्षी नेतृ खालिदा रिहा हुँदै


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छिन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

७८ वर्षीया जिया सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि हाल जेलमा रहेकी छिन् ।

यसैबीच, नोबेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको तयारी सुरु भएको बताइएको छ ।

आरक्षण विरोधी अभियानका संयोजक नाहिद इस्लामले युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार भइरहेको बताएका छन् ।

युनुसले बंगलादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी शेख हसिना अहिलेसम्म भारतमै रहेकी छिन् । उनी लन्डन जानसक्ने बताइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : १० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्