एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास « Khabarhub

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)को सहयोगमा निर्माण हुन लागेको सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे । मध्यपहाडी राजमार्गस्थित हेमजा घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सात सय मिटर सडक स्तरोन्नतिको सुरु भएको हो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी)को ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गर्न लागिएको हो ।

आरसीआईपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्नेगरी गत फागुनमा निर्माण कम्पनी विविआर कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको जानकारी दिए । निर्माण कम्पनीले काम सुरु गरिसकेको छ ।

भण्डारीका अनुसार पहिलो सात किलोमिटरसम्म अस्फाल्ट कालोपत्र र बाँकी सडकमा ‘डिबिएसटी’ प्रविधिबाट हुनेछ । घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको २०६१ सालमा ट्रयाक खुलेको हो । पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माणकार्य सुरू भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्वप्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो ।

सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए। उनले सडक निर्माणकार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने बताए।
 

माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका सबै १० वटा टोल लाभान्वित हुने बताए। 

शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक दिनेशकुमार घिमिरेलगायतले सडक तोकिएको समयमै निर्माण सम्पन्न हुने र पर्यटन विकासमा सहयोग पुग्ने बताएका थिए । 
 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ८ : ०५ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा