बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार चाहन्छन् विद्यार्थी « Khabarhub

बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा अन्तरिम सरकार चाहन्छन् विद्यार्थी


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा भेदभाव विरोधी छात्र आन्दोलनका नेता नाहिद इस्लामले गठन हुने भनिएको अन्तरिम सरकारको नेतृत्वका लागि नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री प्रोफेसर मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् ।

बंगलादेशमा जारी आन्दोलनको समन्वय गरिरहेका मध्येका एक इस्लामले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै युनुसको नाम अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गरेका हुन् ।

उनले रास्ट्रपतिसँग छिटोभन्दा छिटो युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न पनि आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।

इस्लामले अन्तरिम सरकारको नेतृत्वका बारेमा प्रोफेसर युनुससँग छलफल भइसकेको समेत उल्लेख गरेका छन् ।

‘हामीले मोहम्मद युनुससँग कुरा गरिसकेका छौँ । उहाँ विद्यार्थीको अपिलमा बंगलादेशका लागि जिम्मेवारी लिन सहमत हुनुहुन्छ’, उनले भिडियो सन्देशमा भनेका छन ।

भेदभाव विरोधी छात्र आन्दोलनले सल्लाहकार परिषदका अन्य सदस्यको नाम पनि छिट्टै घोषणा गरिने बताएको छ ।

यस अघि पत्रकार सम्मेलनमा इस्लामले भनेका थिए, ‘छात्र–नागरिकद्वारा समर्थन अथवा प्रस्ताव नगरिँदासम्म हामी कुनै पनि प्रकारको सरकारको समर्थन गर्दैनौँ ।’

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १० : ५० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ