समाचार

वर्षाका कारण काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

By खबरहब

August 06, 2024

काठमाडौँ– आज बिहानैदेखि काठमाडौँलगायत देशभर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण काठमाडौँका सडकहरू जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।

काठमाडौँका मुख्य सडकहरू पानी जमेको छ भने मानिसहरूलाई आवतजावत गर्न समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

तस्बिरहरू : फोटो लाइब्रेरी