विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन « Khabarhub

विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारमा बसेको प्रतिपक्षी दलको बैठकले सरकारले बुधबार संसद् नबोलाए बिहीबार संयुक्त वक्तव्य निकाल्ने भएका छन् । 

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ६ विपक्षी दलहरूको बैठकमा बुधबार सरकारले संसद्को विधेयक अधिवेशन नबोलाएमा बिहीबार संयुक्त वक्तव्य निकालेर संसद् बैठक माग गर्ने छलफल भएको रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । 

यस्तै भूमिसम्बन्धी विधेयकलाई कुनै पनि हालतमा अध्यादेशबाट ल्याउन नदिन  पनि विपक्षीहरू एकजुट भएका छन् । विपक्षीले सरकारले विभिन्न इन्सेटमा भूमिसम्बन्धी विधेयक ल्याउन लागेको भन्दै विरोध जनाएका हुन् । 

अर्यालका अनुसार अहिले तत्काल विपक्षी दलको मोर्चा बनाउने विषयमा छलफल भएको छैन । तर, राष्ट्रिय मुद्दामा भने एकजुट हुनेबारे छलफल भएको छ । 

‘तत्काल मोर्चा बन्दैन, तर राष्ट्रिय मुद्दामा एक भएर जाने कुरा भएको छ । अर्यालले भने, ‘तर विपक्षीहरू एक ठाउँमा छौँ । कुनै मुद्दामा पाखा हुने कुरा छैन । सरकारको रवैयालाई विरोध गर्नुपर्छ जनतामा निराशा बढेको छ भन्ने कुरा पनि भएको छ ।’ 

यसैबीच आज बेलुकासम्ममा सरकारले विधेयक अधिवेशन बोलाउने तयारी गरेको छ । तर, औपचारिक रूपमा जानकारी भने गरेको छैन ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : १७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था