बेलायतले भिसा नदिएपछि फिल्म ‘सन अफ सरदार–२’ बाट बाहिरिए सञ्जय दत्त | Khabarhub Khabarhub

बेलायतले भिसा नदिएपछि फिल्म ‘सन अफ सरदार–२’ बाट बाहिरिए सञ्जय दत्त


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१३ नोभेम्बरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ सरदार’को दोस्रो सिक्वेल ‘सन अफ सरदार–२’ बाट नायक सञ्जय दत्त बाहिरिएका छन् । बेलायतले भिसा दिन अस्वीकार गरेपछि उनी बाहिरिनु परेको हो ।

फिल्ममा सञ्जयले खलपात्रको भूमिका निर्वाह गर्दै थिए । भिसाको समस्याका कारण निर्माण टिमले उनको स्थानमा रवि किशनलाई भित्र्याएको छ । यससँगै सञ्जयलाई ‘सन अफ सरदार–२’मा देख्न नपाइने पक्का भएको छ ।

भारतीय मिडिया पिंकभिल्लाका अनुसार सन् १९९३ मुम्बई बम काण्डमा मुछिएका कारण बेलायतले उनलाई भिसा दिन अस्वीकार गरेको हो । स्रोतको भनाइ उद्धृत गर्दै पिंकभिल्लाले लेखेको छ, ‘सञ्जयलाई बेलायतको भिसाको समस्या परेको यो पहिलो पटक होइन ।’

फिल्मको छायाङ्कन मंगलबारदेखि स्कटल्यान्डमा सुरु भइसकेको छ । फिल्ममा अजय देवगन र मृनाल ठाकुर शीर्ष भूमिकामा छन् ।

सञ्जयलाई राहत

सञ्जय फिल्म ‘हाउसफुल–५’ मा पनि अनुबन्ध भएका छन् । अबको केही दिनमै यो फिल्म छायाङ्कनमा जाँदैछ । यो फिल्मको सुटिङ पनि बेलायतका विभिन्न स्थानमा हुने जनाइएको छ ।

भिसाका कारण सञ्जय यो फिल्मका लागि बेलायत जान नपाउने निश्चितजस्तै छ । हाउसफुल–५ का निर्माता साजिद नाडियाडवाला उनलाई फिल्मबाट बाहिर निकाल्न चाहँदैनन् । त्यसैले उनी दोस्रो विकल्पका साथ बसेका छन् ।

साजिद निकट स्रोतको दाबी उल्लेख गर्दै पिंकभिल्लाले लेखेको छ, ‘सञ्जयले भिसा नपाएको अवस्थामा उनको अंशको छायाङ्कन मुम्बईमै हुनेछ । बाँकी कलाकारको छायाङ्कन सम्बन्धित ठाउँमा हुन्छ ।’

साजिद मुम्बईमै बेलायतको सेट बनाएरै भने सञ्जयलाई फिल्म खेलाउन तयार छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  १ : ५८ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन