अर्जेन्टाइन स्ट्राइकर जुलियन अल्भारेज सिटीबाट मड्रिड जाने पक्का « Khabarhub

अर्जेन्टाइन स्ट्राइकर जुलियन अल्भारेज सिटीबाट मड्रिड जाने पक्का


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने पक्का भएको छ।

उनको स्थानान्तरणका लागि इङ्लिस क्लब म्यानचेस्टर सिटी र मड्रिडबीच मंगलबार सम्झौता भएको स्काई स्पोर्ट्स र चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख गरेका छन् ।

मार्च २०२३ मा सिटीसँग एक वर्षको सम्झौता नवीकरण गरेका अल्भारेज नियमित खेल्न नपाएपछि असन्तुष्ट थिए । २०२८ सम्म सिटीमा बस्नुपर्ने सम्झौता गरेका उनी त्यसअगावै एट्लेटिको मड्रिड जाने भएका हुन् ।

उनलाई किन्नका लागि एट्लेटिको मड्रिडले सिटीलाई ८१ मिलियन पाउन्डभन्दा बढी खर्च गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ। उता चर्चित खेल पत्रकार फाबिरिजो रोमानले भने मड्रिडले अल्भारेजका लागि ७५ मिलियन पाउन्ड बढी खर्च गर्न तयार भएको जनाएका छन् ।

एट्लेटिकोको उक्त प्रस्तावपछि सिटीले अल्भारेजलाई बेच्न मंगलबार आवश्यक कागजी प्रक्रिया पूरा गर्ने भएको छ।

अल्भारेज सन् २०२२–२३ को सिजनमा म्यानचेस्टर सिटीमा आवद्ध भएका थिए । तर त्यहाँ प्रमुख स्ट्राइकर अर्लिङ हलान्ड रहेकाले उनले वैकल्पिकका रुपमा खेल्नु परेको थियो । अल्भारेजले नियमित खेल्नका लागि सिटीको साटो मड्रिडलाई रोजेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ०७ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा