देश/प्रदेश

राष्ट्रिय पुस्तकालय दिवसको तयारी, मूल आयोजक समिति गठन

By खबरहब

August 06, 2024

काठमाडौं– निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मूल नाराकासाथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस मनाइने भएको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी बैठक आयोजना गरि पुस्तकालयसंग सरोकारवालाहरूको उपस्थितिमा मन्त्रालयका सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो ।

यस्तै विगतका वर्षमा झैँ यस वर्ष पनि भाद्र १५ गते १७औं पुस्तकालय दिवस मनाउनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गर्दै पुस्तकालय क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले भाद्र १५ गतेलाई ‘पुस्तकालय दिवस’ को रूपमा मनाउन सुरू गरिएको हो ।