कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- आजको काम आजै गर्नुहोस् « Khabarhub

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- आजको काम आजै गर्नुहोस्


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मधेशमा कामकाजमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

मधेशको आउटपुट काठमाण्डौले हेरिरहेको छ भन्दै मुख्यमन्त्री सिंहले भने, ‘सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’

अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरूलाई समेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले भने, ‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन् । कर्मचारीहरूको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : २६ बजे

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने

काठमाडौं – भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध