कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- आजको काम आजै गर्नुहोस् « Khabarhub

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन- आजको काम आजै गर्नुहोस्


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मधेशमा कामकाजमा हेलचेक्र्याइँ भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

मधेशको आउटपुट काठमाण्डौले हेरिरहेको छ भन्दै मुख्यमन्त्री सिंहले भने, ‘सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’

अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरूलाई समेत निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले भने, ‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन् । कर्मचारीहरूको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : २६ बजे

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट