गुगल प्ले स्टोरबाट गायब भयो ‘ई-सेवा’को एप « Khabarhub

गुगल प्ले स्टोरबाट गायब भयो ‘ई-सेवा’को एप


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


34.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालकै ठूलोमध्ये एक डिजिटल भुक्तानी प्लाटफर्म ‘ई-सेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट गायब भएको छ ।

गुगलले प्ले स्टोरबाट ‘ई–सेवा’ को एप गायब भएपछि यसका प्रयोगकर्ताले चासो राखेका छन् । एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट ई-सेवा एप गायब भए पनि आईओएस प्लाट फर्ममा भने यथावत छ।

‘ई-सेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट गायब भएको विषयमा कम्पनीले केही जानकारी दिएको छैन । यसबारेमा कम्पनीका अधिकारीले पनि प्रतिक्रिया दिन इन्कार गरेका छन् ।

नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रुपमा ‘ई-सेवा’ चिनिन्छ । डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो । एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले जिज्ञासा राख्दै आएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ४५ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले