राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भए प्रधानमन्त्री ओली « Khabarhub

राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भए प्रधानमन्त्री ओली


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ‌ओली पहिलो पटक संसदीय समितिको बैठकमा उपस्थित भएका छन् ।

मंगलबार दिउँसो २ बजे बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका हुन् । उनले विभिन्न विषयमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।

गत असार ३० गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली पहिलो पटक संसदीय समितिमा उपस्थित भएका हुन् ।

यसअघि गत साउन १६ गतेको बैठकमा पनि ओलीलाई आमन्त्रण गरिएको थियो । तर ओलीले त्यसबेला आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री रमेश लेखकलाई पठाएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : ०४ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित