कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो | Khabarhub Khabarhub

कारागारमा अनियमितता भएको कैदीबन्दीको गुनासो


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

लमजुङ–  यहाँस्थित जिल्ला कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमितता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् । 

आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरुबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको मिलेमतोमा बजारमूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने, तरकारीजन्य सामान खरिद, औषधि उपचारमा अनियमितता र मनोमानी हुने गुनासो बढेको हो ।

 कारागारमा तरकारी पकाउँदा ८० देखि एक सय तिर्नुपर्ने, मासु पकाउँदा रु एक सय दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक रु ८० र सात सय ग्राम चामलमा समेत अनियमितता हुने गरेको गुनासो कैदीबन्दीको छ । 

हाल कारागारमा एक सय १३ कैदीबन्दी छन् । उक्त सङ्ख्या अनुसार दैनिक रु नौ हजार ४० सिदा रकम र करिब ८० केजी चामल उपलब्ध हुने गरेको छ । मासिक रु दुईलाख ७१ हजार दुईसय सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । सो कारोबारबाट दैनिक रु चार हजार र २० केजी चामल बचत हुने भए पनि त्यसको पारदर्शिता नदेखिएको कैदीबन्दी बताउँछन् । 

प्यारोल र लगत पठाउँदा चौकीदारले रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म माग्ने गरेको उनीहरु बताउँछन् । अस्पतालमा उपचार गर्दा ५० प्रतिशत खर्च आफैँले तिनुपर्ने र नाइके तथा चौकीदारबाट हातपात हुने गरेको उनीहरूको भनाइ छ । 

पहिलो पटक आउने कैदीबन्दीबाट रु पाँच सय आन्तरिक कोषका लागि भन्दै असुल्ने गरेको र सो रकम दिन नसके वा नदिएमा दुई हप्तासम्म भाँडा माझ्न, शौचालय सरसफाइ गर्न लगाउने गरेको कैदीबन्दीले बताए । सो विषयमा कैदी विष्णु गिरी थापा र अशोक दवाडीलगायत सँग बुझ्न खोज्दा भन्न चाहेनन् तर केही सयमअघि कारागारबाट कैद भुक्तान गरेर निस्किएका कैदीबन्दीले उक्त गुनासो सत्य भएको बताएका छन् । 

कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहेका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आएका छन् । उनले अनियमितता नगरेको बताए। तरकारी किलोकै रु दुई सयसम्म पर्ने र कहिले अण्डा, कहिले मासु खुवाउने गरेको श्रेष्ठले बताए। 

दैनिक १५–१६ किलो तरकारी चितवन र विभिन्न स्थानबाट ल्याएर गुणस्तरीय खाना खुवाएको उनको भनाइ छ । उनले केही रकम बच्ने गरेको स्वीकार गर्दै सो रकम आन्तरिक कोषमा जम्मा गर्ने गरेको बताए। 

उनले पहिलो चोटि आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि पाँच सय रकम उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको स्वीकारे।

उनले आफैँ कारागार आउँदा आन्तरिक कोषका लागि भनी १० हजार मागेको र पछि पाँच हजार फिर्ता पाए पनि पाँच हजार बुझाउनु परेको बताए । 

नाइके श्रेष्ठले भने, ‘यहाँ यसरी रकम माग्ने र सजाय दिने तथा हातपात गर्ने चलन पहिलाबाटै हो ।’ आन्तरिक कोषमा जम्मा गरिएको रकमबाट बिरामी कैदीबन्दीका लागि आकस्मिक काममा खर्च गर्ने गरिएको उनको भनाइ छ । 

चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताए । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताए । अस्पतालमा कैदीबन्दी बिरामी भएर उपचार गर्दा ५० प्रतिशत रकम आफैँले तिर्नुपरेको गुनासो उाको छ । 

कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन  नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको केही महिनाअघि कारागारबाट छुटेका रोशन तामाङले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : १० बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा