शेख हसिनाले देश छाडेको भोलिपल्ट रिहा भइन् खालिदा जिया « Khabarhub

शेख हसिनाले देश छाडेको भोलिपल्ट रिहा भइन् खालिदा जिया


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.5k
Shares
  • change font
  • change font
  • change font

ढाका- शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशमा विपक्षी दलकी नेतृ खालिदा जिया मंगलबार रिहा भएकी छन् ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले सोमबार एक आदेश जारी गर्दै बंगलादेश नेशनालिस्ट पार्टी (बीएनपी) की नेता खालिदा जिया मंगलबार रिहा भएको त्यहाँस्थित चर्चित अनलाइन डेलीस्टारले लेखेको छ।

डेलीस्टारका अनुसार खालिदा जियासहित सयौँ विपक्षी नेता मंगलबार नै जेलबाट मुक्त भएका छन् ।

करिब २ महिनादेखि चलेको विद्यार्थीको विरोध प्रदर्शनबीच नाटकीय घटनाक्रममा प्रधानमन्त्री शेख हसिनाको तख्तपलट भएर देशबाट भागेकी थिइन् ।

अहिले बंगलादेशमा सेनाले सत्ता सम्हालेको छ । देशभरमा अराजकता र हिंसाबीच राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएका थिए ।

राष्ट्रपतिको तर्फबाट जारी विज्ञप्ति अनुसार अन्तरिम सरकार गठनका लागि राष्ट्रपति मोहम्मद सहाबुद्दिन, थल सेनाध्यक्ष, नौसेना र वायु सेनाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्यको बैठक बंगभवनमा गरिएको थियो ।

बैठकमा सर्वसम्मतिले बीएनपी अध्यक्ष बेगम खालिदा जियालाई तुरून्त रिहा गर्ने निर्णय लिइएको थियो ।

यसका अलावा, भेदभाव विरोधी आन्दोलन र हालै मात्र विभिन्न मामिलामा हिरासतमा लिएका सबै कैदीलाई रिहा गर्ने निर्णय भएको थियो । बैठकले सर्वसाधारणलाई कुनै पनि प्रकारको सरकारी सम्पत्ति तोडफोड र आगजनी नगर्न पनि भनेको थियो ।

यसअघि आइतबार आन्दोलनका क्रममा ९३ जना विद्यार्थीको मृत्यु भएपछि बंगलादेशमा शेख हसिनासको सत्ताको जग हल्लिएको थियो। त्यहीक्रममा उनलाई सेनाले नै देशबाट जहाजमा राखेर भारतको उत्तर प्रदेश पुर्‍याएको छ ।

उनलाई अहिले गाजियाबादको हिन्डन एयरफोर्स स्टेशनको सेफ हाउसमा राखिएको छ । यस समय बंगलादेशको अवस्था तनावपूर्ण र ​अस्थिर छ । त्यहाँका कयौँ शहरमा विद्यार्थीको प्रदर्शनसँगै लुटपाट पनि जारी छ ।

बंगलादेशमा सरकारी जागिरका लागि आरक्षण व्यवस्थाको मुद्दाबाट आन्दोलन भड्किएको थियो । पहिलेबाटै यहाँ प्रदर्शन भइरहेको थियो ।

प्रदर्शनकारीहरूले यस विवादास्पद आरक्षण प्रणालीलाई अन्त्य गर्ने माग यहाँ उठेको थियो । सरकारले बंगलादेश मुक्ति संग्राम (१९७१) मा माग लिएका लडाकुका नातेदा र सन्तानलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण लागु गरेपछि आन्दोलन भड्किएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : १४ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा