खेलकुद

भारत काभा महिला भलिबलको फाइनलमा

By खबरहब

August 06, 2024

काठमाडौं– भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।

त्यस्तै फाइनल खेल बुधबार अपराह्‍न ५ बजेदेखि शुरु हुने छ ।