जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते | Khabarhub Khabarhub

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

जाजरकोट सदरमुकाम खलंगाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११  नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।

उनका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षे सपना सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन,  १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएको प्रहरीको भनाइ छ । 

चार महिना बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ६ : २५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

आज संविधान दिवस : टुँडिखेलमा मूल कार्यक्रम

काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम