कमला ह्यारिसका चुनावी जोडी बने टिम वाल्ज « Khabarhub

कमला ह्यारिसका चुनावी जोडी बने टिम वाल्ज


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकामा सत्तारुढ डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी जोडी रोजेकी छिन्‌ ।

हाल उपराष्ट्रपति समेत रहेकी कमलाले मिनेसोटाका गभर्नर टिम वाल्जलाई आगामी कार्यकालका लागि उपराष्ट्रपति उम्मेदवार चुनेकी हुन्‌ ।

विद्युतीय सामाजिक सञ्जाल एक्समा कमलाले लेखेकी छिन्‌, ‘टिम वाल्जलाई आफ्नो चुनावी दौडका जोडी बनाउन पाउँदा म खुशी छु । मैले टिमलाई यसबारे भनेकी थिएँ । मेरो टिममा उनकाे उपस्थिति हुनु ठूलो कुरा हो ।’

हाइस्कूलमा शिक्षक र फूटबल कोच रहेका टिम वाल्ज १२ वर्षदेखि अमेरिकी कंग्रेसमा प्रतिनिधि छन्‌ । उनले आफू उपराष्ट्रपति उम्मेदवारका रूपमा चयन हुनु जिन्दगीकै सबैभन्दा ठूलो सम्मान भएको बताएका छन्‌ ।

अमेरिकी कंग्रेसकी पूर्व स्पीकर न्यान्सी पोलेसीले कमला ह्यारिसको यस फैसलाको स्वागत गरेकी छिन्‌ । उनले एक अन्तर्वार्तामा डेमोक्रेटिकको टीम शानदार बनेको बताएकी हुन्‌ ।

न्यान्सीले हालै रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्प र जेडी वान्सको जोडीलाई अचम्मलाग्दो भनेकी थिइन्‌ । न्यान्सीको यो प्रतिक्रियालाई लिएर अमेरिकाभर चर्चा भएको थियो ।

रिपब्लिकन पार्टीले पनि कमला ह्यारिसले गरेकी उपराष्ट्रपति उम्मेदवार चयनलाई लिएर सामाजिक सञ्‍जालमा कटू आलोचना गर्न थालेको छ । सो पार्टीका नेता/कार्यकर्ताहरूले टिम वाल्जलाई कट्टर वामपन्थी संज्ञा दिइरहेका छन्‌ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : ३० बजे

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि

राष्ट्रपतिले ३:३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

काठमाडौं– नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज