तीजमा कसरी व्रत बस्ने ? यस्तो छ पोषणविद्को सुझाव « Khabarhub

तीजमा कसरी व्रत बस्ने ? यस्तो छ पोषणविद्को सुझाव


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरितालिका तीजको मुख्य दिन आज महिला व्रत बस्ने गर्दछन्। तीजमा पानी नखाई व्रत बस्ने चलन पुरानो हो। भगवान शिवको पूजाआजा गर्दा राम्रो पति पाइने तथा पतिको आयु लामो हुने धार्मिक विश्वास छ।

व्रत बस्दा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छन्। धार्मिक, शारीरिक तथा मानसिक हिसाबले पनि यसका धेरै फाइदा छन्। बेलाबेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। तर पानी पनि नखाइ व्रत बस्नु चाहिँ स्वास्थ्यका लागि राम्रो नहुने पोषणविद बताउँछन्।

कसरी बस्ने व्रत ?
स्वास्थ्यको दृष्टिकोणले सकिन्छ भने हरेक महिना वा हप्तामा एक दिन व्रत बस्नु धेरै राम्रो हो। पहिले पहिले तिजमा पानी पनि खानु हुँदैन भन्दै केही पनि नखाएर व्रत बस्ने चलन थियो। त्यो हराउँदै गएको छ। स्वास्थ्यका दृष्टिकोणले त्यो गलत पनि हो।

श्रीमती व्रत बसेर श्रीमानको आयु लामो हुने होइन यदि सहि तरीकाले व्रत बस्यौं भने आफ्नो स्वास्थ्य राम्रो बन्छ। व्रत बस्दा निम्न कुरामा ध्यान दिनु आवश्यक छ।

– व्रतको दिन अत्याधिक पानी पिउने,
– धेरै परिश्रम हुने काम गर्नुहुँदैन,
– व्रतको दिन खानेकुरा खाँदा थोरै मात्रामा खानुपर्छ,
– कागती एवं मह मिसाएर पानी पिउनु,
– व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ। त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनु राम्रो हुन्छ,
– मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ।

व्रतमा के खाने के नखाने ?
व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्नु जरुरी हुन्छ। प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ।

खानामा अंगुर, लिची, खरबुजा, काक्रो लगायतका फलफूललाई समावेश गर्नुहोस् जसले तपाईंको शरीरमा पानीको मात्रालाई बढाउने काम गर्छ।

केही घण्टाको फरकमा पानी तथा फलफूलको सेवन गर्ने अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ। त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ।

त्यसबाहेक, काजु, किसमिस, पेस्ता खानु राम्रो हुन्छ। यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन। व्रत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। यसले शरीरमा क्यालोरिको मात्रा बढाउन सक्छ।

यस्तो समयमा मैदा तथा आलुको प्रयोग सकेसम्म कम गर्नु राम्रो हुन्छ। व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनिर, क्रिमयुक्त दूधको सेवन कम गर्नु फाइदाजनक हुन्छ। यसको सट्टा ताजा फलफूल तथा जुसको सेवन गर्नु राम्रो हुन्छ।

कस्तो व्यक्तिले व्रत नबस्ने ?
– मधुमेह तथा उच्च रक्तचाप भएका व्यक्ति,
– भर्खर अपरेशन गरेका बिरामी,
– रगतको कमी भएमा अथवा रगत सम्बन्धी समस्या देखिएमा,
– मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पीडित,
– गर्भवतीले व्रत नबस्दा नै राम्रो हुन्छ।
(पोषणविद् रश्मी बजिमय र जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : ४४ बजे

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपको पहिलो सेमिफाइनल: एम्बाप्पे भर्सेज यामाल, कसले मार्ला बाजी?

काठमाडौँ – फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार दुई

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को