एउटै युगमा संसार हल्लाउने दुई अमेरिकी खेलाडी | Khabarhub Khabarhub

एउटै युगमा संसार हल्लाउने दुई अमेरिकी खेलाडी


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

विश्व खेलकुदमा लामो समय प्रभाव जमाएको अमेरिकाको केही खेलमा साँच्चै पकड रहेको छ। यसरी पकड रहेका खेलमा बास्केटबल, पौडी र एथ्लेटिक्स मुख्य रहे। टेनिसमा पनि अमेरिकाले स्टार खेलाडी जन्माएको छ।

अहिले अमेरिकी राजनीति कमला ह्यारिसको चुनावी सेरोफेरोमा अघि बढी रहेको छ। ह्यारिस पेन्सेल्भेनिया पुगेकी छिन्। भलै ह्यारिसको जितले अमेरिकामा पहिलो पटक महिला नेतृत्वको अवसर पाउला। तथापि कला, राजनीति, विज्ञान, सङ्गीत र खेलकुदमा महिला प्रभाव र महिला उपस्थिति साँच्चै बेजोड छ।

अझ खेलकुदकै हकमा अमेरिकाले सबै सामाजिक ‘ब्यारियर’ पार गर्दै आफूलाई समानताको नमुनाको रूपमा देखाएको कारण विश्व खेलकुदमा अमेरिकी महिलाको प्रभाव विशेष नै छ।

यी प्रभावशाली महिला स्टारको कोटीमा यस पटकको चर्चा दुई स्टारको छ जसले विश्व खेलकुदमा एउटै कालखण्डमा सफलता जमाए। अमेरिकी स्टार खेलाडीको कोटीमा धेरै विश्लेषकले लेडेकीलाई पहिलो स्थानमा राख्ने गरेका छन्। लेडेकीको विश्व खेलकुदमा उदय सन् २०१२ को लन्डन ओलम्पिकबाट भएको हो।

लेडेकीले सो वर्ष अमेरिकाको तर्फबाट पौडीको ८०० मिटरमा छनोट भएर सबैलाई अचम्ममा पारेकी थिइन्। उनले लन्डन ओलम्पिकमा सबैलाई पछि पार्दै त्यस स्पर्धामा स्वर्ण पदक जितिन्। १५ वर्षे लेडेकीले त्यस यताको हरेक ओलम्पिक खेलकुदमा आफ्नो प्रभाव देखाएर नै छाडिन्। लन्डन ओलम्पिकमा ३ जना पौडीबाजले १६ वर्षको उमेरमा नै स्वर्ण पदक जितेका थिए। सबै भन्दा सफलता यी सिवेनले पाएकी थिइन्। रोमानियाकी रुइटा मालुइटाले पनि लन्डन ओलम्पिकै १५ वर्षको उमेरमा सफलता पाइन्। तथापि सिवेन र मालुयटाले लामो समय प्रभाव छाड्न असफल रहे।

लेडेकीले लन्डन ओलम्पिक पछि लगातार सफलता पाउँदै ९ ओलम्पिक स्वर्ण पदक तथा १६ विश्व च्याम्पियनसिप स्वर्ण पदक जितेकी छिन्।पौडीको आठ सय र १५ सय मिटर फ्रिस्टाइलको विश्व कीर्तिमान उनकै नाममा छ। यसै गरी चार सय मिटरको विश्व कीर्तिमान पनि कुनै समय उनकै नाममा थियो।

सन् २०१६ को रियो ओलम्पिक भने लेडेकीको सानदार फर्मको वर्ष थियो। उनले दुई सय, चार सय र आठ सय मिटरमा व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन्। लेडेकी सहितको अमेरिकी टोलीले दुई सय मिटर रिलेको स्वर्ण पदक जितेको थियो। यसै गरी सय मिटर रिलेको रजत विजेता अमेरिकी टोलीमा पनि लेडेकी समावेश थिइन्।

उनको विश्व कीर्तिमानको क्रम सन् २०१३ मा भएको विश्व च्याम्पियनसिपबाट भएको हो। सो विश्व च्याम्पियनसिपमा उनले चार सय, आठ सय र १५ सय मिटरमा स्वर्ण पदक जितेकी थिइन्। सो मध्य आठ सय र १५ सय मिटरमा विश्व कीर्तिमान समेत कायम गरेकी थिइन्। चार गुणा दुई सय मिटर रिलेमा पनि उनी सहितको अमेरिकी टोलीले स्वर्ण पदक जितेको हो।

त्यसको दुई वर्षपछि रुसको काजानमा भएको विश्व च्याम्पियनसिपमा भने अमेरिकी टोली कमजोर अवस्थामा थियो। लेडेकीमै सो टोली निर्भर थियो। त्यसको एक वर्ष सन् २०१४ मा उनले चार सय मिटरको विश्व कीर्तिमान आफ्नो नाममा लेखाइ सकेकी थिइन्।

आठ सय र १४ सय मिटरमा आफ्नो कीर्तिमान आफैले भङ्ग गरेकी लेडेकीले काजानको विश्व च्याम्पियनसिपमा यी दुईका अतिरिक्त चार सय मिटर र दुई सय मिटरमा पनि स्वर्ण पदक जितेकी थिइन्। रियो ओलम्पिक उनको पिक फर्मको वर्ष भइनै हाल्यो। २०१७ देखि बिस्तारै ओरालो यात्रा लागेकी लेडेकीले पेरिस ओलम्पिकमा आठ सय मिटर र १५०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितिन्। पौडी इतिहासमा एक दशक भन्दा लामो समय एउटा प्रतिस्पर्धाहीन सफलता साँच्चै ठुलो उपलब्धि हो। उनले टोकियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेकी थिइन्।

ओहियोकी सिमोन बाइल्सले ६ महिना उमेरमा नै जिम्न्यास्टिकमा प्रतिस्पर्धा गर्न सुरु गरेकी थिइन्। सन् २०१३ को बेल्जियममा भएको विश्व जिम्न्यास्टिक च्याम्पियनसिपबाट बाइल्सको स्टारको रूपमा उदय भएको थियो। सो च्याम्पियनसिपमा १६ वर्षीया बाइल्सले दुई स्वर्ण पदक जितेकी थिइन्। सन् २०१४ को विश्व च्याम्पियनसिपमा चार स्वर्ण पदक जितेकी उनले सन् २०१५ को विश्व च्याम्पियनपछि पनि सोही सफलता पाएकी थिइन्।

यसै कारण पनि सन् २०१६ को रियो ओलम्पिकमा उनी नै स्टार हुने अपेक्षा पहिले देखि नै थियो। उनको पनि पिक फर्मको ओलम्पिक त्यसै थियो। उनले टिम, अलराउण्ड, भल्ट र फ्लोरमा स्वर्ण पदक जितिन्। सोही ओलम्पिकमा उनले ब्यालेन्स बिममा कास्य पदक जितिन्।

उनले पेरिस ओलम्पिकमा तीन स्वर्ण पदक र एक रजत पदक जिते पछि कुल ओलम्पिक पदक सङ्ख्या ११ पुगेको हो। यस पटकको पेरिस ओलम्पिकमा बाइल्सले टिम, अलराउण्ड र भोल्टमा स्वर्ण पदक जितेकी हुन्। फ्लोरमा भने उनी रजत पदकमा सीमित भइन्। उनले सहभागिता जनाएको अर्को स्पर्धामा बिममा भने उनी चिप्लिएपछि पदक विहीन भएकी थिइन् ।

यस बिचमा सन् २०२१ मा टोकियोमा भएको ओलम्पिक भने उनका लागि दुखद रहेको थियो। टिम स्पर्धाको बिचमा उनले मानसिक स्वास्थ्यमा समस्या भएको जनाउँदै खेल त्यागेकी थिइन्। यसपछि जिम्न्यास्टिक स्पर्धाको एक मात्र इभेन्ट ब्यालेन्स बीममा सहभागिता जनाउँदै कास्य पदक जितेकी थिइन्।

विश्व च्याम्पियनसिपको हकमा भने उनको सनसनी सन् २०१३ देखि २०२३ सम्म लगातार रह्यो। सन् २०१७ मा बाइल्सले आफ्नै अटो बायोग्राफी लेख्न समय खर्चिइन। सन् २०१८ मा कतारमा भएको विश्व च्याम्पियनसिप पनि उनका लागि अझ आश्चर्यको विषय भएको थियो।

विश्व च्याम्पियनसिपमा क्लावलिफिकेसन राउन्ड चलिरहेको थियो। बाइल्सलाई किड्नीमा भएको पत्थरीका कारण पेट दुख्न थालेको थियो। आफै अस्पताल गएर परीक्षण गराएकी उनी अस्पतालबाट आएर प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। टिम, अलराउण्ड, भोल्टमा स्वर्ण पदकसँगै दोहा विश्व च्याम्पियनसिप २०१८ को अन्त्य गरेकी थिइन्।

सन् २०१९ को विश्व च्याम्पियनसिपमा फेरी ५ स्वर्ण पदक जितेकी उनले सन् २०२३ को विश्व च्याम्पियनसिपमा पनि चार स्वर्ण पदक जितेकी थिइन्।

अमेरिकी खेलकुदमा अहिले पनि सर्वकालीन महान् महिला खेलाडीको बहस धेरै लामो हुन सक्छ। यो सूचीमा धेरै जनाले टेनिस स्टार सेरेना विलियम्सको नाम लिइने गर्छन्। धाविका एलिसन फेलिक्स, सिड्नी म्याग्लाउलेन र फ्लारेन्थ ग्रिफ्थ जोयनरले कायम गरेको सफलता छँदै छ।

अहिले चर्चा गरिएका दुई स्टार लेडेकी र बाइल्समा केही समानता पक्कै छ। दुवै सन् १९९७ मा जन्मिएका हुन्। दुवैमा लागि पेरिस ओलम्पिक अन्तिम ओलम्पिक हो या होइन भन्ने बहस अझ कायम नै छ। लामो समयको दबदबा यो साँच्चै अविस्मरणीय हो। अझ बाइल्सको सफलता, उनको सङ्घर्ष र आरोह अवरोह त धेरैका लागि प्रेरणाको विषय हुन सक्छ।
स्रोतः ओलम्पिक, बायोग्राफी डटकम, स्विमस्वाम र वर्ल्ड जिम्न्यास्टिक

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १० : ५१ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार

प्रि-ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से 

काठमाडौं– प्रि-ओपन सेसनमा करिब २ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने 

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले ९ प्रतिशत बोनस शेयर दिने

बाराको उनासी पुलमा बस खस्यो, ४३ यात्रु घाइते

रौतहट–  पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको उनासी पुलमा बसको अगाडिको

केराखेतीबाट वार्षिक १४ लाख कमाउँदै दाङका किसान

घोराही– दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको