स्थानीय तहमा पठाएको छात्रवृत्ति विद्यार्थीले पाए-नपाएको केन्द्रबाट अनुगमन गरिने | Khabarhub Khabarhub

स्थानीय तहमा पठाएको छात्रवृत्ति विद्यार्थीले पाए-नपाएको केन्द्रबाट अनुगमन गरिने


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा पठाएको छात्रवृत्ति विद्यार्थीले पाए‍-नपाएको केन्द्र सरकारले अनुगमन गर्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान पठाएको जानकारी दिएका हुन् ।

‘सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए-नपाएको अब सरकारले अनुगमन गर्ने छ’, ओलीले भनेका छन् ।

सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीको लागि वार्षिक १८ हजार र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको ओलीले जानकारी दिए । ‘यसका लागि ६० करोड रुपैँया अनुदान सरकारले दिएको छ’, ओलीले लेखेका छन् ।

दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचिकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको पनि उनले जानकारी दिए ।

गैरआवासीय छात्रवृत्ति अन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउने प्रधानमन्त्रीले स्पष्ट पारे । ‘यसका लागि ५० करोड रुपैँया रकम विनियोजन भएको छ’, प्रधानमन्त्रीले सर्वसाधारणलाई भनेका छन् ।

शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थी लगायत सात वटा लक्षित समूहका ११ हजार ४ सय विद्यार्थीको लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको पनि उनले जानकारी दिए ।

‘माथि उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रति विद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ, यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ’, ओलीले लेखेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १ : ४१ बजे

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक