नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ५ विकेटले पराजित | Khabarhub Khabarhub

नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ५ विकेटले पराजित


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्धको खेलमा पराजय भोगेको छ। श्रीलंका डेभलपमेन्ट स्क्वाडले नेपाललाई ५ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १६० रनको लक्ष्य पछाएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिङ गर्दै ४० ओभरमा १५९ रन बनाएर अल आउट भएको थियो ।

यस खेलमा नेपालका लागि सोमपाल कामीले कप्तानी गरेका छन् ।

नेपाली टोली आइसीसी क्रिकेट विश्वकपको लिग -२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्न गएको हो । यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएका थिए ।

श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ ।

जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् ।

यो अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ४ : ४२ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन