‘मास रिपोर्ट’ले हटेको बालेनको पोस्ट फेसबुकले फर्काइदियो | Khabarhub Khabarhub

‘मास रिपोर्ट’ले हटेको बालेनको पोस्ट फेसबुकले फर्काइदियो


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘मास रिपोर्ट’का कारण हटेको काठमाडौं महानगरका मेयर बालेन्द्र साहको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिनअघि हटाइदिएको थियो ।

‘मास रिपोर्ट’मा परेर आफ्नो पोस्ट हटेपछि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोष लगाएका थिए ।

बालेनले भने आफ्नो फेसबुक पोस्ट सरकारले हटाइदिएको भन्दै प्रधानमन्त्री आक्रोश पोखेका थिए ।

बालेनको पोस्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै उनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।

यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए। । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् ।

बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : २४ बजे

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा

काठमाडौँ उपत्यकाबाट बाहिरियो मनसुन

काठमाडौं – यस वर्षको मनसुन आज काठमाडौँ उपत्यकाबाट पनि बाहिरिएको

काभा भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल विजयी

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल

जम्मू कश्मीरमा नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनलाई बहुमत, हार्‍यो भाजपा

एजेन्सी – भारतको जम्मू कश्मीरमा भएको विधानसभा चुनावमा संघ सरकारको

लेबनानमा विनाश दोहोरिनसक्ने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी – संयुक्त राष्ट्र मानवीय अधिकारीहरूले मङ्गलबार गाजामा भएजस्तै विनाशबाट