राप्रपा र कांग्रेस बीपीका नेताबीच वार्ता, मिल्ने विकल्प खोजिँदै « Khabarhub

राप्रपा र कांग्रेस बीपीका नेताबीच वार्ता, मिल्ने विकल्प खोजिँदै


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको टोलीबीच शुक्रबार वार्ता भएको छ ।

दुई दलका नेताहरूबीच समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताबारे बृहत् कुराकानी भएको श्रेष्ठले बताए ।

विचार मिल्नेहरू एक ठाऊँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा छलफल भएको उनले बताए ।

प्रतिनिधिमण्डलमा कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरू पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्की लगायत थिए । राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : ३७ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा