कांग्रेसको निष्कर्ष- बालेनको गतिविधि नगरबासीको हितमा देखिएन | Khabarhub Khabarhub

कांग्रेसको निष्कर्ष- बालेनको गतिविधि नगरबासीको हितमा देखिएन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर बालेन्द्र शाहको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नरहेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस महानगर समितिको बैठकपछि नगर सभापति नीलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका जननिर्वाचित प्रमुखको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नगरेको स्पष्ट भएको उल्लेख छ ।

काठमाडौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर शाहले महानगरवासीको हितमा काम नगरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौँ महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरुको हित र आवश्यकतालाई प्राथमिकता नदिएको ठहर गर्दै महानगरवासीको हकहितको संरक्षणका लागि यस विषयमा सम्बोधन गर्दै समस्या निराकरणका लागि राज्यका तीनै अंगमा ज्ञापनपत्र सहित अनुरोध गर्ने कांग्रेस काठमाडौं महानगर समितिले गरेको छ ।

बागमती, विष्णुमति, धोबीखोला, मनोहरा, टुकुचा, लगायतका नदी खोलाहरूको किनारा बाट दायाँबायाँ २० मिटर क्षेत्र छोडी मात्र निर्माण गर्न सकिने भनी २०६५ मंसिर १ मा भएको निर्णयअनुसारको प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनीसर्वोच्च अदालतले यही साउन २४ मा काठमाडौं महानगरपालिका लगायतलाई उत्प्रेषणयुक्त जारी गरेको आदेशको कांग्रेस काठमाडौं महानगर समितिले सम्मान गर्ने जनाएको छ ।

‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरु पर्दछन्,’ विज्ञप्तिमा भनिएको छ,‘यस निर्णयले स्थानीय वासिन्दाहरूको पुराना बस्ती, वासस्थान र धार्मिक-सांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लेप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली काग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ ।’

नेपालको संविधान २०७२ ले नागरिकको सम्पत्ति संरक्षण गर्ने र आवास स्थानको मौलिक हकलाई सुरक्षित गर्ने व्यवस्था गरेको भन्दै सर्वोच्च अदालतको फैसलाले महानगरवासीको आर्थिक, भौतिक, सांस्कृतिक, र सामाजिक जनजीवनमा त्रास उत्पन्न गराएको पनि बैठकको ठहर छ ।

कानुन बमोजिम नगरवासीहरुको हितका लागि फैसलाको पुनराबेदन गरी सम्पत्ति र वासस्थानको संविधान प्रदत्त हकप्रति ध्यान दिनुपर्नेमा, महानगरको कार्यपालिकाको बैठक वा कार्यकालिका सदस्यहरुसँग छलफल समेत नगरी मेयर शाहले एकल निर्णयवाट पत्रिकामा प्रकाशित सूचनाले नगरवासीहरुलाई आतङ्कित बनाएका भन्दै कांग्रेसले सो कार्यप्रति खेद प्रकट गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ६ : ५२ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल