पौडी खेल्ने क्रममा डुबेर बेपत्ता व्यक्तिको शव भेटियो « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता व्यक्तिको शव भेटियो


२१ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

धनुषाधाम – धनुषामा सशस्त्र प्रहरीको गोताखोर टोलीले डुबेर बेपत्ता एक जना व्यक्तिको शव फेला पारेको छ । जिल्लाको औरही गाउँपालिका–५ र ६ को सिमानामा रहेको नहरको बाँधमा डुबेर बेपत्ता स्थानीय १८ वर्षीय सुन्दर मण्डललको शव गोताखोरको टोलीले फेला पारेको हो ।

बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता उहाँको शव गोताखोरको टोलीले आज फेला पारेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता मण्डललाई खोजताल गर्दा नभेटिएपछि सशस्त्र प्रहरी बल नं २ छिन्नमस्ता बाहिनी बर्दिवासका गोताखारको टोली र सोनिगामा वेस क्याम्पका विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले खोजी गरेको थियो ।

बेपत्ता मण्डललको शव डुबेको स्थानबाट दुई किलोमिटर दक्षिणतर्फ अवस्थामा फेला परेको जनाइएको छ । मण्डलको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ९ : ३० बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण