फुङलिङमा बन्द र अवरोध निषेध « Khabarhub

फुङलिङमा बन्द र अवरोध निषेध


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बन्द र अवरोध निषेध गरिएको छ । पाथीभरा माताको दर्शन गर्न चाहने तीर्थयात्रीको सुविधालाई ध्यानमा राख्दै फुङलिङ नगरपालिकाले यातायात र शैक्षिक संस्थामा कुनै अवरोध नहोस् भन्दै बन्द अवरोध गर्न निषेध गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ४५औँ कार्यपालिकाको बैठकले आज पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको व्यवस्थापनलाई सहज बनाउन, यातायात र शैक्षिक संस्थामा कुनै बन्द वा अवरोध गर्न नपाउने निर्णय लिएको हो । नगरपालिकाको अनुसार निर्णय २०८१ साल भदौ २१ गतेदेखि लागू हुनेछ ।

नगरप्रमुख अमिर मादेनले पाथीभरा माताको दर्शनका लागि आउने भक्तजन र पर्यटकको मनोकांक्षा पूरा गर्न ढुक्कसँग यात्रा गर्न आग्रह गरे । उनले नगरपालिकाले सुरक्षा निकायहरूसँग सहकार्य गरेर कुनै पनि दलवा समूहले बन्दको आह्वान नगर्न नपाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

नेपालीको महान् चाडपर्व नजिकिँदै गर्दा फुङलिङ नगरपालिकाले यस निर्णयमार्फत जिल्लामा शान्ति, सुरक्षा, र धार्मिक पर्यटकको सहज यात्रा गर्न नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : ३७ बजे

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८

चिरपट प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ – श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले

सिरहा–२ मा रास्वपा र प्रलोपाबीच चुनावी सहकार्य

सिरहा – प्रतिनिधिसभा निर्वाचन सिरहा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र

सैनिक मञ्चको दक्षिण चउर दुई करोड ७० लाखमा हरियाली बनाइँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै रु

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही – छुट्टाछुट्टै दुर्घटनामा परी आज सर्लाहीमा दुई जनाको मृत्यु