फाइल तस्बिर

अन्तर्राष्ट्रिय

भारतद्वारा दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुकका लागि सहयोग घोषणा

By खबरहब

September 06, 2024

काठमाडौंं – भारतले दक्षिण प्रशान्त महासागर क्षेत्रमा अवस्थित मुलुकहरुलाई सहयोग गर्ने भएको छ । भारतीय विदेश राज्यमन्त्री पवित्र मार्गरिटाले दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुकसँग साझेदारी बढाउन भन्दै यस्तो सहयोग घोषणा गरेका हुन् ।

उनले दक्षिण प्रशान्त महासागरमा अवस्थित १४ मुलुकका लागि ५० हजार डलर बराबरको क्विक इमप्याक्ट प्रोजेक्टको घोषणा गरेका हुन् । उनले यस परियोजनामा सहभागी हुन चाहने मुलुकलाई प्रस्ताव ल्याउन समेत आग्रह गरे ।

भारतीय समाचार संस्था एएनआईका अनुसार राज्यमन्त्री मर्गरिटाले दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुकहरुसँग द्विपक्षीय एवम् बहुपक्षीय मञ्चमा सहकार्य गर्न भारत तयार रहेको समेत बताएका छन् । भारतले ती मुलुकहरुलाई बारम्बार सहयोग समेत प्रदान गर्दै आएको छ ।

भारतले ती मुलुकहरुमा हरेक वर्ष ३० लाख डलर अनुदानमा विकास साझेदारी कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । दक्षिण प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्दै जाँदा भारतले यस्तो परियोजना घोषणा गरेको हो ।