देश/प्रदेश

बसको ठक्करबाट बालकको मृत्यु

By खबरहब

September 06, 2024

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक श्रेष्ठको बसको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो । उक्त घटनामा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा बालक श्रेष्ठकी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीया श्रीमाया मानन्धर रहेकी छिन् । उनलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।