आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध « Khabarhub

आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि इजरायली राजदूतावासका प्रवक्ता गाय निरले आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध रहेको जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा इजरायली राजदूतावासका प्रवक्ता निरले आतंकवादको निन्दा गर्न दुबै मुलुक एकै ठाउँमा उभिएको समेत उल्लेख गरे ।

उनले भारत विश्वकै सबैभन्दा शान्तिपूर्ण मुलुकको सूचीमा रहेको उल्लेख गरे । उनले सबै किसिमका आतंककवादी गतिविधि रोकिनुपर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आतंककारी गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध रहेको समेत बताए ।

इरानले इजरायलको आलोचना गर्नु आफैँमा हास्यास्पद विषय भएको समेत टिप्पणी गरे ।

आतंककारी मुलुकका हिसाबमा हजारौँ निर्दोष मानिसको हत्यामा इरानको हात रहेको उनको भनाइ छ ।

उनले हमासको नियन्त्रणमा रहेका बन्दीहरु रिहा नहुन्जेलसम्म आफ्नो मुलुकले गाजा क्षेत्रमा सैन्य कारवाहीलाई निरन्तरता दिइरहने दृढता समेत प्रकट गरे ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १२ : २८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा