दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

दाउन्नेमा भासिएको सडक दुईतर्फी सञ्चालनमा


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – दाउन्ने सडक दुई तर्फी संचालन भएको छ ।

जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको हो ।

प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिने क्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस अघि शुक्रबार साँझ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो भने त्यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।

दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १ : ४१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक