जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना पक्राउ परेका छन् ।

तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ब्यास नगरपालिका-६ स्याम्घा घर भई सोही नगरपालिका-४ शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, ओखलढुङ्गाबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका-३ बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई गत असोज १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : ०६ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण