सांकेतिक तस्बिर

अपराध

नक्कली नोटसहित दुई जना पक्राउ

By खबरहब

October 06, 2024

रौतहट– चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् ।

इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरीले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।