स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक छ : मुख्यमन्त्री कार्की « Khabarhub

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक छ : मुख्यमन्त्री कार्की


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको  स्वास्थ्य सेवामा स्वास्थ्यकर्मी संवेदनशील  हुन आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका बाबजुत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकामा प्रशंसा व्यक्त गरे ।

स्वास्थ्य मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रूपमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधन स्रोतको अभाव, क्षेत्र अधिकारका  कारण सोचअनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धामा सङ्घभन्दा उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरू लाग्नु पर्नेमा जोड दिए  ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास जनाए ।

स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्डअनुसार कानुनद्वारा निर्देशित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे  ।

स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदानमा सहयोग पुग्ने विचार राखे ।

गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालयअन्तर्गतका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयको सहभागिता छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ५० बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति