पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान « Khabarhub

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

माले– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग भारतको राजकीय भ्रमणका लागि प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यो मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।

‘राष्ट्रपति डा. एम. मुइज्जु र प्रथम महिला साजिदा मोहम्मद गणतन्त्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभयो’, माल्दिभ्सको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘भारतका राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा यो भ्रमण भएको हो र यो राष्ट्रपति मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।’

हालै न्युयोर्कमा भएको ७९औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको साइडलाइनमा मुइज्जुले जतिसक्दो चाँडो भारत भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । उनले दुई मुलुकबीच ‘धेरै बलियो’ द्विपक्षीय सम्बन्धको समेत प्रशंसा गरे ।

मुइज्जुले यस वर्ष भारत भ्रमण गरेको यो दोस्रो पटक हुनेछ । यसअघि गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा उनले भारत भ्रमण गरेका थिए ।

यसअघि माल्दिभ्सका प्राय हरेक राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमण भारतमा गर्ने गरेका थिए तर मुइज्जुले पदभार ग्रहण गरेपछि पहिले टर्की र त्यसपछि चीनको भ्रमण गरेर यो परम्परालाई तोडे ।

माल्दिभ्समा मोहमम्मद मुइज्जु सरकारले भारतसँगको सम्बन्ध बिग्रिएर कूटनीतिक विवाद उत्पन्न भएपछि मेलमिलापको दृष्टिकोण अपनाएको छ ।

सत्तामा आएपछि मुइज्जुले भारत–माल्दिभ्स सम्बन्धको दृष्टिकोणबाट केही अपरम्परागत कदम चालेका छन् । राष्ट्रपति निर्वाचनका क्रममा उनले आफ्नो अभियान ‘इन्डिया आउट’ का रूपमा चलाए । माल्दिभ्सबाट भारतीय सैनिकहरू हटाउने उनको पार्टीको प्रमुख निर्वाचन अभियान थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०० बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित