प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग « Khabarhub

प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासका क्रममा देखिएका व्यवहारिक समस्या फुकाउने विषयमा समेत छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले पटक पटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिए । कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायत उपस्थित थिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ५ : ४१ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र