हुन्डाईले ‘हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने « Khabarhub

हुन्डाईले ‘हुन्डाई हाईवे एस्सुरेन्स : केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं, तिहार र छठ पर्व मनाउन घर जाने हुन्डाई ग्राहकको लागि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले ‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ सेवा असोज २२ देखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म  सञ्चालन गर्ने भएको  छ । यस अन्तर्गत मुख्य राजमार्गहरुका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ ।

हुन्डाईले दक्ष प्राविधिकहरूसहित ९ प्रमुख स्थानहरु (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको छ।

कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेंट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ ।

विद्युतीय सवारी साधनका लागि पोर्टेबल डी.सी चार्जरहरू पनि उपलब्ध हुनेछन् । यस चाडपर्वको रमाइलोमा आफ्ना ग्राहकहरूलाई सवारी साधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य हो ।

‘हुन्डाई हाईवे एस्सुरेन्सः केयर फ्री राइड टु होम’ अभियान २०१४ देखि संचालनमा रहेको छ ।

 

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ०८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन