खेलकुद

पन्ध्र लाख रुपैयाँमा भीम सार्कीलाई किन्यो काठमाण्डु गुर्खाजले

By खबरहब

October 06, 2024

काठमाडौं- नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई काठमाण्डु गुर्खाजले किनेको छ ।

आइतबार भएको अक्सनमा १० लाख न्यूनतमा मूल्य राखेका उनलाई किन्न काठमाण्डुसँगै कर्णाली र चितवनले पनि लिन चाहेका थिए ।

तर गोलाप्रथा हुँदा भीम १५ लाखमा काठमाण्डुमा आवद्ध भएका हुन् । यसअघि लोकेश बम, विवेक यादव, अनिल साह, सागर ढकाल, ललित राजवंशी, प्रतीश जिसीलगायतले पनि १५ लाख मूल्य पाएका थिए ।