अन्तर्राष्ट्रिय

इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

By खबरहब

October 06, 2024

काठमाडौं – इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

दक्षिणी इजरायलको बेरशेबामा ‘संदिग्ध आतंकवादी हमला’ भएको प्रहरीले जनाएको छ । इजरायलको एम्बुलेन्स सेवाले गोलीकाण्डमा घाइते भएका १० जनाको उपचार गरिरहेको डाक्टरहरूले बताएका छन् ।

आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ । इजरायलमा यो हमला यस्तो समयमा भएको हो जब एक दिन पछि अर्थात अक्टोबर ७ मा हमासले यस देशमा आक्रमण गरेको एक वर्ष पूरा हुँदैछ ।

यो हमलापछि मात्र इजरायलले गाजामा हमासविरुद्ध आक्रमण सुरु गरेको थियो । त्यसयता इजरायल र हमासबीच युद्ध चलिरहेको छ ।