न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय | Khabarhub Khabarhub

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको ३१औँ सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने उल्लेख गरेका थिए ।

बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्न यो निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए ।

यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा चार सयसम्म पोष्ट ग्र्याजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । “सरकारी कलेजमा पोस्ट ग्र्याजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यस निर्णयबाट धेरै विद्यार्थी लाभान्वित हुनेछन्”, उनले भने ।

हाल प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा एक सय १२ जना विद्यार्थी वार्षिक रूपमा पोस्ट ग्र्याजुएट अध्ययन गरिरहेका छन् । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

बैठकले यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आङ्गिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाई समेत आबद्धता दिने निर्णय गरेको छ । ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको हो ।

यसैगरी, मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागिसमेत पोस्ट ग्र्याजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ । नर्सिङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए ।

यस्तै प्रतिष्ठानले चिकित्सा शास्त्रतर्फको स्नातक तह (एमबिबिएस) अध्ययन थाल्ने निर्णय गरिएको छ । प्रतिष्ठानअन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबिबिएस अध्ययन थाल्न यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले बताए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ९ : ०६ बजे

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी– पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको

एकीकृत समाजवादीबाट सबै कमिटीका बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादीले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन

ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि जाने

काठमाडौं– पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा

कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?

आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा पर्यटक भित्र्याउन