एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात « Khabarhub

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका बेला हमास समूहको बन्धनमा परेका हुन् । गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए ।

उनको खोजीका लागि इजरायलस्थित नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे पत्ता लाग्न सकेको छैन । भाईको अवस्था पत्ता नलाग्दा आफ्नो परिवार विक्षिप्त बनेको उहाँका दाइ किशोर जोशीले बताए । “हामीले पटक पटक मन्त्री, प्रधानमन्त्रीलाई भेटेरै भाईको अवस्था पत्ता लगाइदिन आग्रह गरेका छौँ तर हालसम्म प्रगति भएको छैन”, उनले भने ।

नेपाल विद्यार्थीसँग कञ्चनपुरले आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विपिनको खोजीकार्य चाँडो गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका केन्द्रीय सदस्य इन्द्र साउँदले उनको परिवार विपिन आउने आशामा बसेकाले यथाशीघ्र खोजी गरिदिन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले ज्ञापनपत्र यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : २२ बजे

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६