आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ | Khabarhub Khabarhub

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  १० : ३२ बजे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ