आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २१ गते बुधबारको राशिफल


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २१ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर ६ तारिख। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। पेट सम्बन्धी रोगले सताउने खतरा छ। खानपानमा ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक संगठनमा साथीले साथ दिँदा सेवाका अवसर मिल्नेछन्।

वृष : बोलीलाई नियन्त्रण गर्नुपर्ने दिन छ। तपाईंको बोलीकै कारण आफन्त टाढा हुनेछन्। उपचारकोक्रममा भए तपाईंलाई लाभ हुनेछ। शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन्।

मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राम्रो कामको सुरुवात गरेमा साथीले साथ दिनेछन्। मनमा शान्ति मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

कर्कट : दिन सामान्य छ। आफन्तले सहयोग गर्नेछन्। वैदेशिक रोजगारको लागि प्रयास गरेमा सचेत बन्नुपर्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह : दिन राम्रो छ। आफन्तले साथ दिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारमा धोका हुने जोखिम रहेकाले कर्तव्यमा अडिग रहनु राम्रो हुनेछ।

कन्या : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफूले गर्दै गरेको दैनिक कामबाट लाभ हुनेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : संगठनका साथीबाट असहयोग हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। सहकार्यमा सुरुवात गरेको व्यवसाय सफल बन्नेछ। शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

वृश्चिक : दिन सहज छ। मन खुशी हुनेछ। लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। अढैया शनिका कारण अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर छ।

धनु : दिन सहज छ। मनमा शान्ति मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। स्वदेशमा भन्दा विदेशमा खर्च बढ्नेछ। परिवारमा भने विवादको जोखिम छ।

मकर : सल्लाहकारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ। शारीरिक रुपमा फूर्ति देखिनुहुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। लगानीका क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने दिन छ।

कुम्भ : आम्दानी बढ्नेछ। मन अशान्त बन्नसक्छ। बिहान उठेर शिवको भजन सुन्नु भएमा दिन सहज बन्नेछ। हरेक कुरामा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मनमा खटपटी हुनसक्छ। खानमा रुचि नबढ्ने देखिन्छ। शिक्षामा गरेको लगानीले राहत मिल्नेछ। साथीभाइको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। जागेरे हुनुहुन्छ भने बढुवा हुने योग छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : २२ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका