कुन राज्यमा कमला ह्यारिसभन्दा अघि निस्किए डोनाल्ड ट्रम्प ? « Khabarhub

कुन राज्यमा कमला ह्यारिसभन्दा अघि निस्किए डोनाल्ड ट्रम्प ?


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाका अधिकांश राज्यमा मतदान सकिएपछि अहिले मतगणना जारी छ । देशका ४८ राज्यमा अहिले तीव्र गतिमा गणना भइरहेको छ । हवाई र अलास्कामा भने मतगणना बाँकी छ ।

यस्तोमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा दोस्रो पटक पुग्ने निश्चित भएको छ ।

बहुमतका लागि २७० इलेक्टोरल कलेज भोट चाहिनेमा ट्रम्पले अहिलेसम्म २६७ ल्याइसकेका छन् । उता डेमोक्रेटिककी उम्मेदवार कमला ह्यारिस २२६ इलेक्टोरल कलेज भोटसहित पछ्याइरहेकी छन्।

यस्तो अवस्थामा अब ट्रम्पलाई बुहमतका लागि तीन मत चाहिएको छ । ट्रम्पलाई ७ वटा स्विङ स्टेटको पनि मत मिल्दा ह्यारिसलाई पछार्ने नजिक पुगेका हुन् ।

कुनमा अगाडि

जर्जिया- ९१ प्रतिशत भोट गनिसक्दा ट्रम्प ५०.९ प्रतिशत मतसहित अगाडि छन् ।
नर्थ क्यारोलाइना- ८९ प्रतिशत मतगणना पूरा हुँदा ट्रम्प ५०.७ प्रतिशत मतसहित जितनजिक छन् ।
पेन्सिलभेनिया- यहाँ ८२ प्रतिशत मतगणना भइसकेको छ। ट्रम्पलाई यहाँ पनि ५१.३ प्रतिशत मत मिलेको छ ।
भिस्कन्सिन- ७० प्रतिशत मतगणना पूरी भएको छ । यहाँ ट्रम्पलाई ५०.७ प्रतिशत मत मिलेको छ ।
एरिजोना- यहाँ ५२ प्रतिशत मत गनिएको छ । जसमा ट्रम्प ४८.८ प्रतिशत मतसहित अगाडि छन् ।
मिशिगन- अहिलेसम्म ४० प्रतिशत मत गनिएको छ । ट्रम्प ५१.३ प्रतिशत मतसहित अगाडि छन् ।
नेभाडा- केवल २ प्रतिशत मत मात्रै गनिएको छ तर यहाँ पनि ट्रम्पलाई ७३.० प्रतिशत मत मिलेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ३५ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना