डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज « Khabarhub

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिले जारी ४८ राज्यको मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको कुर्सी सम्हाल्ने पक्का भइसकेको छ ।

ताजा अवस्थामा ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्।

चुनावी नतिजामा ट्रम्पले फराकिलो अग्रता बनाइरहँदा अब उनी बहुमत अर्थात् २७० पुग्न केबल ३ भोटनजिक छन् । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटसहित जम्मा ५३८ इलेक्टोरल भोट छन् ।

यस्तोमा ट्रम्पनिकट चर्चित सञ्चारमाध्यम फक्स न्यूजले उनी विजयी भइसकेको जनाएको छ । फक्स न्यूजका अनुसार ट्रम्पले बहुमतको आँकडा पार गरेका छन् ।

ताजा अवस्थामा उनले २७७ इलेक्टोरल कलेज भोट ल्याएका छन् । उता कमला ह्यारिसको पक्षमा २२६ इलेक्टोरल भोट देखिएको छ ।

अब त्यहाँ ३५ इलेक्टोरल भोटको गणना हुन बाँकी छ । पूरै ३५ भोट कमलाको पक्षमा जाँदा पनि उनले बहुमत ल्याउन सक्दिनन् । केबल २६१ मात्रै हुन आउँछ ।

यसैबीच रिपब्लिकन पार्टीले सिनेटमा पनि ५१ अर्थात बहुमत सिट ल्याएको छ । १०० सिटको सिनेटमा डेमक्रेटिक पार्टीले ४९ सिट जितेको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ५८ बजे

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका