कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा | Khabarhub Khabarhub

कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा

भने : हामी मिलेर अमेरिकालाई फेरि महान बनाउँछौँ


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति चुनावमा जीतनजिक पुगेपछि डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीका समर्थकहरूलाई  सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आफ्नो परिवारका सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

उनले चुनावमा आफ्ना लागि काम गर्नेहरूको मिहिनेत सम्झिँदै उनीहरूसँग पनि आभार व्यक्त गरेका छन् । यसैबीच उनले खर्बपति साथी इलोन मस्कको पनि नाम लिँदै खुसी व्यक्त गरेका छन् ।

ट्रम्पले सम्बोधनका क्रममा इलोन मस्कलाई आफूले माया गर्ने बताए । उनको समर्थनका लागि ट्रम्पले आभार व्यक्त गरे । ट्रम्पले मस्कको सञ्चार व्यवस्था स्टारलिङ्कलाई पनि सम्झिएका छन् ।

उनले त्यसक्रममा नर्थ क्रोयालाइनामा बाढी प्रभावितलाई मद्दतसँग जोडिएको कथा पनि त्यसक्रममा सुनाए । ट्रम्पले मस्कका कारण नै नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीलाई जीत मिलेको दाबी गरे ।

ट्रम्पले समर्थकलाई सम्बोधनका क्रममा यस्तो जोश र उत्सव आफूले कहिल्यै नदेखेको पनि बताएका छन् । ट्रम्पले यस समयलाई शानदार भनेका छन् ।

‘मेरो जीत हरेक अमेरिकीको जीत हो। हामी अमेरिकालाई फेरि महान बनाउँछौँ । सबै स्विङ स्टेट पनि हाम्रो साथमा छन् । अब मेरो हर समय अमेरिकाका लागि हुनेछ । हामी मिलेर अमेरिकाको भविष्यका लागि काम गर्ने छौँ । यो जीत ऐतिहासिक र अविश्वसनीय रह्यो। अमेरिकाले मलाई अभूतपूर्व जनादेश दियो ।’

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १ : ४६ बजे

‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’

वालिङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मनाङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज

आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडौं– विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जना घाइते

बागलुङ– रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ५ जना

कोशीका दर्जन सहकारीद्वारा अर्ब बढी अपचलन

काठमाडौं– कोशी प्रदेशका दर्जन बढी सहकारीहरूले बचतकर्ताको अर्ब बढी रकम