४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै  « Khabarhub

४ अर्बमा ह्यात रेजेन्सी लुम्बिनी बन्दै 


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लुम्बिनीमा ४ अर्बको लागतमा ह्यात रेजेन्सी लुम्बिनी बन्ने भएको छ । हयात होटल्स कर्पोरेसनले नेपालको चेन होलटको रुपमा रहेको ह्यातमा गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याउने भएको हो । 

काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही सञ्चालनमा रहेको होटल नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्रान्ड हो । 

गोल्यान समूह अन्तर्गतको दोस्रो होटल कुल ११ एकड (८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको छ । जसमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू भएको गेल्यान ग्रुपले जनाएको छ । 

सन् २०२७ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी निर्माण भइरहेको गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यानले जानकारी दिएका छन् ।

रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधीन होटल बढी भ्रमण हुनेमध्ये एक तीर्थस्थल मायादेवी मन्दिर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारत सीमाको नजिक रहेको छ । 

लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मलाई उजागर गर्न ह्यात विश्वभरका यात्रु र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहने ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौर बताउँछन् । लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्य गर्ने राठौरको भनाई छ । 

उक्त होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्दै नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्ने गोल्यान ग्रुपका अक्षय गोल्याले बताए । लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक होटल डिजाइन गरिएको समेत गोल्यानको भनाई छ ।

हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र  नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् । 

हयातको विश्वभर ७८ देशमा १३ सय ५० भन्दा बढी होटेल, दक्षिण एसियामा ५ सय भन्दा बढी, नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । दोस्रो होटेल हयात प्यालेस होटेल सञ्चालनमा छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : ३९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी