कोशीका दर्जन सहकारीद्वारा अर्ब बढी अपचलन « Khabarhub

कोशीका दर्जन सहकारीद्वारा अर्ब बढी अपचलन


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कोशी प्रदेशका दर्जन बढी सहकारीहरूले बचतकर्ताको अर्ब बढी रकम अपचलन गरेका छन् । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेशको नियमन क्षेत्रभित्र रहेका ९ वटा सहकारीले ८८ करोड ६० लाख रूपैयाँ अपचलन गरेका छन् भने केही सहकारीहरूले गरेको अपचलनमा अनुसन्धान भइरहेको छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीकाअनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्र रहेका सहकारीहरूमा अपचलन भएको विषयमा उजुरी आउने, अनुसन्धान गर्ने, मुद्दा दर्ता गर्ने र मिलापत्र गर्ने काम भइरहेको छ । उनकाअनुसार अहिलेसम्म रजिष्ट्रार कार्यालयले अनुसन्धान गरेर ३ वटा सहकारीको विरुद्धमा अदालतमा मुद्दा दर्ता गरेको छ, ६ वटा सहकारीको अनुसन्धान टुंग्याएको छ भने एउटा सहकारीको मिलापत्र गर्न सफल भएको छ ।

रजिष्ट्रार खत्रीका अनुसार इलामको सानीमाई चिया सहकारीमा ४२ लाख, पाँचथरको दोरम्भा कृषि बजार व्यवस्थापन सहकारीमा २ करोड र ओखलढुंगाको ककनी गैरीबन कृषि सहकारीमा ३ करोड बराबरको बचत अपचलन भएको विषयमा अदालतमा मुद्दा चलिराखेको छ ।

रजिष्ट्रार कार्यालयमा परेका उजुरीका आधारमा अनुसन्धान गर्दा सुनसरीको निर्धन उत्थान बचत तथा ऋण सहकारीमा ५ करोड, इटहरीको अम्बेकोशी बचत तथा ऋण सहकारीमा ६१ करोड र विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारीमा ८ करोड बचतकर्ताको बचत अपचलन भएको देखिएको उनले बताएका छन् ।

त्यस्तै, झापाका ३ वटा सहकारीमा बचतकर्ताको बचत अपचलन भएको अनुसन्धानले देखाएको रजिष्ट्रार खत्रीले बताए । उनका अनुसार झापाको जयपुर बहुउद्देश्यीय बुद्धशान्ति सहकारीमा ५ करोड, शुभ साइत बहुद्देश्यीय सहकारीमा ४ करोड र प्रथम पाइला बहुउद्देश्यीय सहकारीमा ६० लाख रुपैयाँ बराबरको बचत अपचलन भएको छ ।

१८ करोड बचत अपचलन भएको विषयलाई लिएर अदालतमा मुद्दा परेको खोटाङ दिक्तेलको लालुपाते बहुउद्देश्यीय सहकारीको मुद्दालाई रजिष्ट्रार कार्यालयको समन्वयमा १३ करोड १८ करोड फरफारक गरेर मिलापत्र गरिएको पनि उनले बताए ।

खत्रीकाअनुसार कोशी प्रदेश सरकारको नियामकीय क्षेत्रभित्र १०८३ वटा सहकारी दर्ता भएर सञ्चालन भएको उनले बताएका छन् । जसमध्ये केही सहकारीहरूमा समस्या भएको विषयमा उजुरी आउने गरिरहेको छ ।

मोरङको उनगौरी कृषि सहकारी, विराटनगरको सुपर फाइन बचत तथा ऋण सहकारी र उदयपुरको अनुग्रह बचत तथा ऋण सहकारीमा बचत अपचलन भएको विषयमा बचतकर्ताहरूले रजिष्ट्रार कार्यालयमा उजुरी गरेका छन् । ती सहकारीहरूमाथि अनुसन्धान भइरहेको र टुंगोमा पुगिनसकेको रजिष्ट्रार खत्रीले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : २९ बजे

यी हुन् पूर्वमन्त्री दीपक खड्का जोडिएका विवाद

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

विभेद अन्त्यका लागि संरचनागत सुधार अनिवार्य छ : रक्षा बम

काठमाडौँ – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राज्यले गर्ने क्षमायाचना

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री