‘वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँ’ « Khabarhub

‘वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँ’


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छन् । 
 
आज एक श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताइन् । 

उनले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन हुनसक्नेगरी आवश्यक व्यवस्था गरिएको जानकारी दिइन् ।
 
मन्त्री मेहताले मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायबीच निरन्तर समन्वय कायम गर्न तथा प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखी सूचना सङ्कलन, समन्वय र प्रतिकार्य व्यवस्थापन गरिरहेको जानकारी दिइन् ।

सम्भावित जोखिमयुक्त क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि, जीवनजललगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न तथा द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्नसमेत व्यवस्था मिलाइएको मन्त्री मेहताले बताइन् । 

उनले विशेषगरी प्रसूतिको सम्भावित समय नजिक रहेका गर्भवती, दीर्घरोगी तथा नियमित औषधि सेवन गरिरहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन र नियमित सेवन गर्ने औषधि पर्याप्तमात्रामा साथमा राख्न अनुरोध गरिन्  ।

‘स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक सबै संयन्त्रसहित तयारी अवस्थामा छ’, मन्त्री मेहताले भनिन् ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : २७ बजे

च्यासलमा खोलाको बहाव बढेपछि आवतजावतमा रोक (तस्बिरहरू)

काठमाडौं– ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय आसपासको क्षेत्रमा खोलाको

नुवाकोटको धुन्चेमा त्रिशूली नदीले सतर्कता तह पार गर्यो, खतराको जोखिम

काठमाडौं– त्रिशूली नदीले नुवाकोट क्षेत्रमा सतर्कता तह पार गरेको छ

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान

न्युयोर्क– बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको