‘छठ पर्व प्रकृतिको पूजा हो, यसलाई कुनै धर्मसँग नजोडौँ’ « Khabarhub

‘छठ पर्व प्रकृतिको पूजा हो, यसलाई कुनै धर्मसँग नजोडौँ’



छठ पर्वको सांस्कृतिक तथा पौराणिक महत्त्व अनेक छ । तराई, मधेशमा विशेष उत्सवका रूपमा मनाइने छठ अचेल पहाड चढिसकेको छ । पछिल्लो समय पहाडी जिल्लाहरू र उपत्यकामा पनि छठ उत्सवमय हुन थालेको छ । काठमाडौंसहितका सहरी क्षेत्रहरूमा समेत उत्तिकै उत्सवका रूपमा छठ मनाउन थालिएको छ । सूर्यको उपासना गरेर मनाइने यस पवित्र पर्वको विशेष दिनका सन्दर्भमा मैथिली धर्मसाहित्यविद् रमेशरञ्जन झासँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

छठ पर्वमा सूर्यको उपासना गरिने चलन छ । उदाउँदो सूर्य, अस्ताउँदो सूर्यलाई अघ्र्य दिने चलन छ । तराई,मधेससहितमा छठ मनाउनेहरूले आफैंले उत्पादन गरेका सामग्रीहरू प्रयोग गर्ने व्यापक चलन छ । यस पर्वलाई हामीले कसरी अंगिकार गर्दै आयौँ ?

हाम्रा पर्वहरू सबै उत्सव हुन् । छठ त कृषि उत्पादनमा निर्भर समुदायको उत्सव हो । पहिलेबाटै राजा र सामन्तहरू पनि यी उत्सवमा सहभागी हुन थाले । प्रारम्भिक चरणमा कृषियुग सुरु भएदेखि नै यो पर्वको मनाउन थालिएको मेरो मान्यता छ । त्यसैले यो मिथिलाञ्चलको पुरानो भूभागसँग जोडिएका क्षेत्रमा मनाउँदै आइएको छ । मिथिलामा छठ भनेको महत्त्वपूर्ण उत्सवका रुपमा छ ।

सूर्यको आराधना गरिन्छ । छठलाई छठी मैया पनि भनिन्छ, यो भनेको के हो ?

यो एक प्रकारको प्रकृति पूजा हो। प्रकृति पूजामा दुईवटा कुरा महत्त्वपूर्ण छन्, एउटा सूर्य र अर्को जल । सूर्य र जलबिना जीवन अघि बढ्दैन । त्यसकारण सूर्य र जल जीवनका लागि महत्त्वपूर्ण भएकाले नै यी दुईको पूजा गरिन्छ । वर्षातको मौसममा जलासाय भत्केका, बिग्रेका हुन्छन् । पानी पनि फोहोर हुन्छ । तिनको संरक्षण गर्न पनि यो पर्व मनाइन्छ ।

प्रकृति र सूर्यको पूजामा सौभाग्यका कुरा हिन्दुमा पनि आउलान् । समाजको कोणबाट समानताका कुरा पनि आउलान्, एकताका पनि आउलान् । यसमा नेपालको हिन्दु सभ्यता कसरी प्रतिबिम्बित हुन्छ ?

यो हिन्दु सभ्यता होइन । हिन्दु त धेरै पछि स्थापित गरिएको हो । यसलाई अहिले कयौँ नामले सम्बोधन गर्न थालिएको छ । यो प्रकृतिको पूजा गरेदेखि नै आएको हो । अहिले आएर धर्मसँग जोडिएको हो । यसलाई हिन्दुसँग जोड्नु पर्दैन । यो अहिले जता पनि मनाउन थालिएको छ ।

पृथ्वी उत्पत्तिमा सूर्यको भूमिका पनि छ । मानव सभ्यताको विकासको समयमा सूर्यको भूमिका भएकैले हामी सद्भाव र सत्कार दर्शाउँछौँ । सूर्यको पूजादेखि नै छठ सुरु भएको हो ?

जीवको विकास नै सूर्य र पानीको माध्यमबाट भएको हो । मान्छेका रूपमा आइसकेपछि यी दुई सबैभन्दा बढी आवश्यकताका भए । हाम्रा जति पनि सभ्यता छन्, यी सबै पानीको कारणले नै विकास भए । सूर्यले हामीलाई ऊर्जा दिन्छ । जब मनुष्य जगत चेतनशील हुन थाल्यो, त्यसपछि अरु कुनै शक्तिको, ऊर्जाको स्रोतको परिकल्पना गर्‍यो ।

यसको नाम कसरी राखियो ?

षष्ठी तिथिमा मनाइने भएकोले यसको नाम छठ राखिएको हो । योबीचको समय हो । अब मंसिर सुरु हुन्छ, कृषक ठूलो मात्रामा अन्न भित्र्याउने चटारोमा यही बेला लाग्छन् । वर्षातमा भत्किएका घरलाई दशैंतिहार मनाएपछि मर्मत गरिन्छ । पहिले घर माटोले बनाएर खरको छानो हालेका हुन्थे । त्यो सबै वर्षातमा भत्किने भएकाले मर्मत सम्भार गर्ने, जंगलमा लागेका लेउ सफा गर्ने र धान काट्ने समयमा फेरि प्रकृतिलाई पूजा गर्ने कृषकहरूको उत्सव हो यो ।

पूजा दुई प्रकारका हुन्छन् । एउटा यस्तो शक्तिलाई पूजा गरिन्छ, त्यो शक्ति मान्छेको जीवनको सहायक हुन्छ । अर्को उसको भयको कारक तत्व हुन्छ । त्यसको भय आफूमाथि नपरोस् भनेर छठ मनाइन्छ ।

चैते छठ चाहिँ के हो ?

चैते छठ भनेको दसैँपछि निश्चित भएको हो । यो मान्छेहरूको कुरा हो । सुरुमा त यो कृषकहरूको उत्सव थियो, पछि सामन्त पनि आए । उनीहरूले नयाँ नयाँ उत्सवहरू मनाउन थाले, जति पनि उत्सव हुन्छन्, त्यसमा राज्यको सहभागिता हुन्छ । राज्यले कर पाउने भयो । सुरुमा त सूर्य, जल र जमिनमा उत्पादनको केही अंश अर्पण गरेर पूजा गर्ने उत्सव हो ।

सुरुमा आफ्नै माटोमा फलेको चामल उखु, गुँड, अदुवा, हल्दी र बाँसबाट बनाएको माटोले बनाएका सामान प्रयोग गरिन्थ्यो । पछि सामन्तहरू राजाहरू छिरदेखि बजारतिर पुगेको छ ।

हामीले मौलिकता हामीले बिर्सेको हो त ?

मौलिकता अझै पनि छ । स्वरूप त एकै रहँदैन, यो उत्सव र पुजापद्धति पुरानै हो । बजारले केही चिज नयाँ मागिरहन्छ । हिमालमा उत्पादन हुने स्याउ आयो, समुद्र किनारमा उत्पादन हुने नरिवल पनि आउने वातावरण बनायो, त्यो सबै समयले हो ।

मैथिली साहित्य संस्कृतिका रुपमा नयाँ पुस्ताले कतिको अनुसरण गरेको देख्नुहुन्छ ?

यो १०० प्रतिशत अनुशरण भएको छ । यस्ता उत्सवहरू कहिले समाप्त हुन सक्दैनन् । तर परिमार्जन भने होलान् । पुस्तान्तरण हुँदै जान्छन् । समयले सबै कुराको बरुप दलेको छ । उत्पादनको रूप बदलिएको छ । हिजो सीमित क्षेत्रमा उत्पादन हुन्थ्यो । अहिले कहाँको उत्पादन कहाँ कहाँसम्म बजारले पुर्‍यायो । गाउँ गाउँमा पुग्यो, संस्कृति भनेको नदीको पानी जस्तै हो । निरन्तर बगिरहन्छ । बाह्य प्रभाव रोकेर जोगाउनुपर्छ हामीले ।

प्रकृतिको पूजा, सूर्य, जल, जमिनको पूजाका नाममा हामी उत्पादन अपर्ण गर्छौँ । अहिले किन पुरुषको पूजा, पुत्रको पुजा, पतिको पूजा आदि आए ? अहिले छठलाई नारी सर्वोच्चता स्थापित गर्ने पर्व भनेर उपनाम पनि दिइएका छन् नि ?

व्याख्या त कयौँ तरिकाले गर्न सकिन्छ । जतिबेला सूर्य र प्रकृति पूजा हुन्थ्यो, त्यो बेला पनि कामना हुन्थे । त्यसमा पुरुष, परिवार र समुदायप्रतिको कामना थियो नि । आज मान्छेप्रति नितान्त कामना हुँदै गएको छ । आफ्नो परिवारमा उन्नति प्रगति होस् भन्ने कामना छ । अहिले मेरो खेतमा अन्न फलेन भने खान पाउँदिन भन्ने चिन्ता छैन नि ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : ०७ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल