‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ « Khabarhub

‘ह्रस्व दीर्घ’का लेखक भन्छन्- फिल्म सोचेभन्दा उत्कृष्ट बनेको छ


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले कमलादस्थित एक सिनेमा हलमा कार्यक्रमको आयोजना गरी बुधबार साँझ ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरुलाई स्थान दिइएको छ । एक्सनका दृश्यलाई प्राथमिकताका साथ समावेश गरिएको पाइन्छ । भारतीय कलाकारहरूलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

कार्यक्रममा निर्देशक पन्त, नायिका एवं निर्माता निता ढुंगाना, नायक हरिहर अधिकारी, नायिका गरिमा शर्मालागयत उपस्थित थिए । फिल्मका अन्य कलाकार रेखा थापा, विपना थापा, सञ्चिता लुइटेल उपस्थित थिएनन् ।

त्यस्तै, यस फिल्ममा अभिनय गर्ने भारतीय कलाकारहरू सुनील बर्मा, ब्रह्मानन्दम, पदीप रावत, मुहम्मद अली, कबिर दुहान भने अनुपस्थित रहे । उनीहरु प्रिमियरमा भने उपस्थित हुने सम्भावना रहेको निर्माण पक्षले जनाएको छ ।

कार्यक्रममा ढिला आइपुगेकी नायिका शर्माले सडक दुर्घटनामा परेरे अलमलमा परेको सुनाइन् । ढिला आएकामा माफी माग्दै उनले भनिन्, ‘दुर्घटनामा भयो । खुट्टामा चोट लाग्यो । त्यही भएर म ढिला आइपुगेँ ।’

निर्मातासमेत रहेकी नीताले फिल्मको लगानीबारे पनि खुलाइन् । भारतका चल्तीका कलाकारहरूलाई लिएर पनि फिल्म ६ करोडमा लगानी निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

उनले स्पष्ट पारिन्, ‘प्रचार र कलकारका प्राविधिको पारिश्रमिकका सबै गरेर ६ करोड लगानी भएको छ ।’

त्यस्तै, लेखकसमेत रहेका हरिहरले भने फिल्म आफूले सोचेकोभन्दा उत्कृष्ट बनेको बताए । उनले भने, ‘मैले कथा लेख्दा सोचेको भन्दा फिल्म उत्कृष्ट बनेको छ ।’

नीता फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको लेखक हरिहर र प्रतीक पौडेलले मिलेर लेखेका हुन् । पटकथा निर्देशक पन्त र हरिहरले लेखेका हुन् ।

यो फिल्म नेपाली, हिन्दी र तेलगु भाषामा प्रदर्शन हुने बताइएको छ । नेपालमा हिन्दी र नेपाली दुई भाषामा प्रदर्शन गर्ने योजनामा निर्माता नीता रहेकी छन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १० : ३५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन