कार्तिक शुक्ल पञ्चमी : छठको दोस्रो दिन गरियो खरना « Khabarhub

कार्तिक शुक्ल पञ्चमी : छठको दोस्रो दिन गरियो खरना


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाएका छन् ।

छठ पर्वको दोस्रो दिन आज खरना गरी नुन नखाई एक छाक फलाहार गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेपछि छठको मुख्य व्रत विधि सुरु हुन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए । यो पर्वको मुख्य दिन कात्तिक २२ गते बिहीबार परेको छ ।

कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

छठका वर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि शुद्ध भएर बस्ने गर्छन् । केही वर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्टअर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ८ : ४२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री